
सुनसरी, बैशाख १५ गते ।
सुनसरीको धरानमा मोटरसाईलक दुर्घटना हुदा एक युवाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा विशाल तामाङको मृत्यु भएको हो ।
को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई आईतवार बेलुका पौने ७ बजे दुर्घटना हुँदा मोटरसाईकल चालक धरान–१६ का २४ बर्षीय तामाङ घाईते भएको थियो । घाईते तामाङको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
