Saturday, June 13News That Matters

फुटपाथमा व्यापार गरे नगरले कारवाही गर्ने

पूर्णपुष्टि, असोज १
त्रियुगा नगरपालिकाले फुुटपाथमा व्यापार गर्ने व्यापारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरले आज सुचना जारी गरी फुटपाथ कब्जा गरी व्यापार गर्नेलाई जरिवाना सहित कारवाही गर्ने जनाएको छ । साथै फुटपाथबाट तत्काल सामान हटाउन समेत निर्देशन दिएको छ ।फुटपाथमा व्यापार गर्नेलाई नगरले केही दिन अगाडी हटाएको थियो । तर चार्डपर्व शुरु भएसँगै फेरी व्यापारीले फुटपाथ तथा सडक बाटै सामान बेचबिखन शुरु गरेका छन् ।