Tuesday, July 21News That Matters

फुटबल खेल्ने निहुँमा एक किशोरको हत्या गरि फरार रहेका युवक पक्राउ

पूर्णपुष्टि, मंसिर १०
मोरङमा फुटबल खेल्ने निहुँमा एक जना किशोरको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार भएका सोही स्थानका २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।