
पूर्णपुष्टि, १३ भदौ ।
बेल्टारका पारुहाङ एकेडेमीले फुटवल प्रतियोगिताका लागि ५० हजार सहयोग गरेको छ । उदयपुरको चौदण्डीगढीमा हुन लागेको प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगितालाई पारुहाङ एकेडेमीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
गत साउन १७ मा मोटरसाईकल दुर्घटनामा निधन भएका स्वर्गीय दिप्शन मगरको स्मृतिमा बेल्टार एकता युवा क्लवले आयोजना गर्न लागेको प्रतियोगिताको लागि विद्यालयले सो रकम सहयोग गरेको हो ।
स्व। मगर विद्यालयको पूर्व विद्यार्थी पनि भएकोले आर्थिक सहयोग गरिएको प्रिन्सिपल छविन्द्र राईले बताए । चौदण्डीगढीका पुटबल प्रशिक्षक जेवीहाङ राईका अनुसार प्रतियोगिता आगामी २३ गतेदेखि सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितालाई सभ्य र भब्य बनाउँ आयोजक समिति तीव्ररुपमा लागिरहेको पनि प्रशिक्षक राईले बताए । हाल प्रतियोगिताको लागि शुभेच्छुकहरु त्था सामाजिक व्यक्तित्वहरुबाट आर्थिक सहयोग जुटाइरहेको उनले बताए ।
