Friday, May 1News That Matters

फेडेरर सेमिफाइनलमा प्रवेश

कात्तिक २९ गते । 

रोजर फेडेरर एटीपी फाईल्सको सेमिफाईनलमा प्रवेश गरेका छ । नोभाक जोकोभिचलाई रोजर फेडेररले २–० गोलले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए ।

जितपछि फेडेररले धेरै खुसी हुदै भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन पनि गरेँ ।’ लण्डनको ओ २ एरेनामा भएको खेलमा जोकोभिच पराजित भएपछि यो सिजनको अन्तिमसम्म टेनिस वरीयता क्रमको शीर्ष स्थानमा राफेल नाडाल रहने पक्का भएको छ ।