Friday, May 1News That Matters

चौदण्डिमा विपद व्यावस्थापन तालिम शुरु

राजेन्द्र दुष्ट
बेल्टार/कार्तिक २८ गते ।

बाढी पहिरोबाट हुन सक्ने समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा चौदण्डीगढीमा विहिबारबाट तालिम सुरु भएको छ । चौदण्डीगढी नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको सहयोगमा तालिम संचालन भएको हो ।

नगरका १० वटै वडालाई समेटेर “स्थानीय विपद तथा उत्थानशील योजन तर्जुमा” नामक तालिम संचालन भएको छ । मंसिर १ गने सम्म संचालन हुने तालिममा वडाध्यक्ष, वडा सदस्य र नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ ।

क्षमता विकास प्रशिक्षणमा आफ्नो वडामा हुने जस्तो सुकै विपदबाट नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने विषयहरुको तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

तालिमको उत्घाटन गर्दै नगर प्रमुखले भने,–“विपदको समयमा तीन कुराहरुको ख्याल गर्नु पर्ने छ । पहिलो, विपद आउनु भन्दा अगाडी नै नागरिकलाई सचेत गराउनाले विपदबाट बचाउन  सकिन्छ । दोस्रो, विपद आईसके पछि कसरी रोगथाम गर्न सकिन्छ रोक्न प्रयास गर्ने । तेस्रोे, विपद आईसके पछि व्यवस्थापन गर्नु नै उत्तम उपाए हो । त्यसैले यो तालिमबाट सिकेको ज्ञान आगामी दिनमा हुने विपदबाट आउन सक्ने समस्याको न्यूनिकरण गर्न सकियोस् र सबैले आफ्नो जिम्मेवारीलाई वोध गर्न अनुरोध गर्दछु ।”

यस्पालिको वर्षाले नगरपालिकामा एक जनाको ज्यान गएको थियो भने २, ३,४, ५ र ७ नं. वडाहरुको बस्तिहरु बढी जोखिममा पर्ने गर्दछ ।