राजेन्द्र दुष्ट
बेल्टार/कार्तिक २८ गते ।
चौदण्डिगढीमा बालबालिकाको आँखा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन भएको छ । शिक्षासँगै जोडिएको स्वास्थ्यको पनि उतिकै महत्व हुने भएकाले आँखालाई स्वास्थ्य राख्ने उद्देश्यका साथ कार्यक्र संचालन भएको हो ।
मानव शरिरमा एक महत्वपूर्ण अंग आँखा भएकाले स्वास्थ्य राख्न अति जरुरी छ । सगरमाथा आँखा अस्पताल लहानले आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख खगेन्द्र राईले आफुमा भएको जिम्मेवारीबाट प्राप्त ज्ञान बाड्नु नै मानविय धर्म भएको बताउनुभयो ।
कार्यक्रममा विशेषगरी विद्यालयका वालबालिकाहरुको आँखालाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्ने विषयमा नगर भित्र रहेका ४० वटा विद्यालयका प्रअहरुलाई प्रशिक्षण दिईएको थियो । शिक्षक विद्यार्थी सहभागी भएका कार्यक्रमको सहजिकरण डा. रमानन्द विश्वकर्मा र सगरमाथा आँखा अस्पतालका प्रमुख रुवि दासले गर्नु भएको थियो ।
