
पूर्णपुष्टि, बैशाख २३
पछिल्लो समय संक्रमितहरुले आत्माहत्याको घटनाहरु घटाईरहेको छ । बुटवलमा पनि एक संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेको छ ।
चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले गएराति घरपछाडी झुण्एिर आत्महत्या गरेको हो ।
इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी गोठमा आइसोलेनसमा बसेका थिए ।
यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।
