
पूर्णपुष्टि, चैत्र ८
आदिवासी जनजाति पत्रकार माहासंघ (फोनिज) को सातौँ माहाधिवेशनमा उदयपुरका तिन पत्रकार बिजयी भएका छन् । हालै चितवनमा सम्पन्न अधिवेशनको चुनावमा उदयपुरबाट गजेन्द्र राई, विश्वराज तामाङ र यमन राई डोनेलाई निर्वाचित भएका हुन ।

फोनिजको पूर्व केन्द्रीय सदस्य समेत रहेका तामाङ साँतौ माहाधिवेशनमा सचिवमा निर्वाचित भएका छन् भने यमन राई डोन समावेसी सचिवमा र गजेन्द्र राई खुल्ला सदस्यमा अत्यादिक बहुमतले बिजयी भएका छन् । यस्तै लामो समय सम्म उदयपुरमा रहेर पत्रकारिता गरी हाल काठमाण्डौँमा कार्यरत रहेका प्रकाश राई पनि संस्थागत केन्द्रीय सदस्यमा चयन भएको छ ।
माहाधिवेशनले फोनिज केन्द्रीय अध्यक्षमा यस अघिनै नृतृत्व टुंगो लगाई सकेको छ । आईतबार देखी चितवनमा भएको फोनिजको माहाधिवेशनले गजुर्धन राईलाई अध्यक्षमा सर्वसहमत चयन गरेका थिए भने माहासचिवमा मिलन लिम्वुलाई निर्विरोध चयन गरिएका थिए ।

