Friday, August 7News That Matters

फ्युजन क्लब बोक्से स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको फाईनलमा

पूर्णपुष्टि, बैशाख २७ । स्व. दिपक राई (दोर्पाली) स्मृती फुटबल प्रतियोगिताको फाईनलमा फ्युजन क्लब बोक्से पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा फ्युजन क्लब बोक्सेले देउराली फुटबल क्लब सिसुवारीलाई १–० गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

फ्युजन क्लब बोक्सेका जर्सि नं ११ का दिपक खपाङ्गी मगरले खेलको ३ औं मिनेटमा गरेको गोल नै जितका लागी निर्णायक गोल बन्यो । यस प्रतियोगिताको म्यान अफ द म्याच फ्युजनका जर्सि नं १४ का सनम राई बने । फाईनल खेल शनिबार फ्युजन क्लब बोक्से र आयोजक साकेला युवा समुह ‘बि’ बिच हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु. २५ हजार ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. १५ हजार ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गर्नेछ ।भोली (शुक्रबार) महिला समुहबिच लुङ्गी कप हुने आयोजकले जनाएको छ । लुङ्गी कपका लागी साकेला टोल विकास संस्था र जुम्बा फिटनेस महिला समुह गाईघाट बिच प्रतिस्पर्धा हुनेछ ।विजेता टिमले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।