
पूर्णपुष्टि, १९ कार्तिक । गएराती बाँसमा एक महिला उनिदा गम्भीर घाईते भएकी छिन् । उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा ट्याक्टरले बोकिरहेको बाँसमा उनिदा त्रियुगा नगरपालिका ४ बगाहा बस्ने बर्ष ४४ को सारादा चौधरी गम्भीर घाईते भएको हो ।
उनको पेटको दायाँ भागदेखि ढाडसम्म वारपार बाँस उनिएको छ । उनलाई जिल्ला अस्पताल उदयपुरमा प्राथामिक उपचार गरी थप उपचारको लागि बिराटनगर लगिएको छ भने त्रियुगा ६ देउरी बस्ने बर्ष ४० को मोटरसाईकल चालक सलिम अलिको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
शनिबार साँझ जोगिदहबाट देउरीतर्फ जादै गरेको स.१त.२८२५ नम्बरको ट्याक्टरमा बोकेको बाँसमा उनिएर उनि घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार ट्याक्टरले ईमर्जेन्सी ब्रेक लगाउदा सोहि दिसाबाट जलजले तर्फ जादै गरेको प.१–०५–००१ प.६९११ नम्बरको मोटरसाईकलमा सवार उनि बाँसमा उनिदा घाईते भएको हो ।
ध्चष्तभ तय द्यष्पचबm च्बष् एख
