
पूर्णपुष्टि,जेष्ठ १७ । उदयपुरका संजीव गिरीले बजाज मोटरसाईकल खरिद गर्दा १ किलो चाँदी उपहार प्राप्त गरेका छन् । गिरीले बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल खरिद गरेका थिए । नयाँ वर्षको अफर अन्तर्गत गिरीले १ किलो चाँदी हात पारे । उनले लक्की ड्रमार्फत चाँदी जितेका हुन्।
गाईघाट स्थित बजाज कम्पनीको विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गरेका थिए । भाग्यशाली गरीलाई बुधबार कालिका अटो लिंक प्रा.लि.का सञ्चालक सुनिल ठाकुरले उपहार स्वरुप १ किलो चाँदी हस्तान्तरण गरेका हुन् ।
गिरी आफुलाई उपहार परेको खबर सुन्दा सुरुमा पत्यार नलागेको तर पछि शो रुपममै आए पछि भने सुनेको खबर बास्तविकता हुदाँ खुसी भएको बताए ।
