
पूर्णपुष्टि,जेष्ठ १६ । उदयपुरको कटारी नगरपालिकाको बजार क्षेत्रमा रहेको अव्यवस्थित तारहरुलाई व्यवस्थापन गरिने भएको छ । नगरपालिका वडा नं. ३ को पहलमा बजार आसपासको विजुली, इन्टरनेट र डिस होमको तारहरुले दुर्घटनाको जोखिम बढाउनुका साथै बजारको सुन्दरतामा समेत आँच आउँने भएकोर वडाले बजारको तार व्यवस्थापन सुरु गरेको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले बुधवार कटारी बजारमा संञ्चालित ईन्टरनेत प्रदायक कम्पनीका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण कटारी शाखा र नेपाल टेलिकम, ट्राफिक प्रहरी पोष्ट, टोल विकास संस्था, हाट बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु छलफलको लागि डाकिएको थियो । छलफल पश्चात कटारी बजारका अव्यवस्थित तारहरुलाई एकमहिना भित्रमा व्यवस्थित गर्नेगरी काम थाल्न सम्बन्धित पक्षहरुलाई सहमत गराईएको वडाध्यक्ष खड्काले बताए ।
प्रयोगमा नआएका पुराना तारहरु त्यतिकै छाड्ने, बजारमा भुईतिर नै तारहरु लाथलिङ् छाड्ने भएकाले दुर्घटनाको पनि जोखिम रहेको भन्दै यसलाई समाधान गर्नुपर्ने ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाले बताउनुभयो । कटारीमा वल्र्ड लिन्क, ब्रोड लिन्क, वेव सर्फर, नेपाल टेलीकम, टेकमाईन जस्ता कम्पनीहरुले ईन्टरनेट सेवा दिईरहेका छन् ।
