Wednesday, June 3News That Matters

बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगम महिला पक्राउ

पूर्णपुष्टि, फागनु ३० ।
बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेको अभियोेगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले श्यामकुमारीलाई पक्राउ गरेको हो ।
श्यामकुमारीले घरायसी विवादको क्रममा बञ्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।