
मंसिर २३ गते ।
घुस लिनेमा सवै भन्दा बढी ईन्जिनियर रहेको एक तथ्याङकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको तथ्याङ्क हेर्दा सवै भन्दा बढी ईन्जिनियर रहेको देखिएको हो ।
उक्त अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिई अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।
गत साउन महिनाको तथ्यांक हेर्दा अख्तियारको १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेको थियो । त्यस्तै भदौमा आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
