
उदयपुर, मंसिर २२ गते ।
त्रियुगाको मोतिगडामा एक बालकलाई कुट पिट गरी फरार रहेको प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–३ निबासी २० वर्षीय खेमराज राई पक्राउ परेको हो ।
गत मंसिर १५ गते मोतिगडा क्याम्पसमा त्रिनपा–१० निबासी १७ वर्षीय दिनेश तामाङलाई कुटपिट गरी भिडियो बनाएर सामाजिक संजालमा आतंकित बनाएमो फरार रहेको राई आईतबार दिउँसो १ः०० बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको राईलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरको मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
