Tuesday, June 9News That Matters

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

पूर्णपुष्टि, पुष ९

पाँचथरमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेको छ । हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको हो । हत्यामा संलग्न श्रीमान फरार रहेको छ । उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

रातको १ बजेको समयमा उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै ३० बर्षीया श्रीमती दुर्गा उभरकोटीको हत्या गरेको पाँचथर प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर घटना स्थलमा खटी थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

हत्यारालाई तत्काल खोजतलास गरी कार्वाही गर्ने पाँचथर प्रहरीले जनाएको छ ।