
पूर्णपुष्टि, पुष ९
१ नम्बर प्रदेशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सुनसरी, झापा र ओखलढुङगामा बुधवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।
बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज–२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा स्थानीय ९० बर्षीय बेचुदास मेहेता घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको कारले ठक्कर दिंदा चौधरीको घाईते भएको प्रहरीले जनाएको छ । उनको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको थियो । ठक्कर दिने कार र चालक समेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
यस्तै ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको मोटरसाईल दुर्घटना हुँदा चालक घाईते भएको प्रहरीले जनाएको छ । घाईते चालक रामेछापको मन्थली गाउँपालिका–९ का २८ बर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागी जनसेवा हेल्थ केयर घुर्मी लगिएको थियो । उपचारको क्रममा राती सवा १० बजे नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
