Sunday, June 28News That Matters

लाहानमा मोटर साईकल दुर्घटना हुँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको मृत्यु

पूर्णपुष्टि, पौष ८

लाहान स्थित बसले मोटरसाईकल लाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नायब सुब्बा हरिलाल राईको मृत्यु भएको छ ।

बुधबार साँझ काठमाण्डौँ बाट पूर्व तर्फ जाँदै गरेको बसले राईको मोटरसाईकललाई ठक्कर दिएका थिए ।

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् । बसको ठक्करबाट राईसँगै पछाडी सवार अर्का एक जना घाईते भएको बताइएको छ । कामका सिलसिलामा उदयपुरको गाईघाट हुँदै लहान पुगेको बेला नासु राई दुर्घटनामा परेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनका सदस्य रहेका राईको मृत्युमा नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष मोहन भट्टराईले दुःख व्यक्त गरेका छन् ।