
पूर्णपुष्टि, असार १५ ।
उदयपुरको सदरमुकाम गाईघाटको सुरक्षाका लागि निर्मित बरुवाबाँध जोखिममा परेको छ । बरुवा खोलाको बाढिले बाँध जोखिममा परेको हो । हिजोदेखिको अबिरल वर्षातले खोलामा आएको बाढीले बाँधको विभिन्न ठाउँ कमजोर हुनेगरी भत्काउन सुरु गरेपछि जोखिममा परेको हो ।
बाढीले पूर्वपश्चिम बरुवा बसपार्क छेउ, साकेलाथान छेउ र बृक्षरोपण क्षेत्रमा भत्काउन थालेको छ । यसबाट गाईघाटबजार र पुरानो गाईघाट क्षेत्रको हजारौं घर बस्ती जोखिममा परेको छ ।
भत्किएका ठाउँहरुको निरिक्षण भएको छ । त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव लगायत सुरक्षा प्रमुखहरुले स्थलगत निरिक्षण गरेका हुन् ।
भत्किन सुरु ठाउँहरुमा तत्काल रोकथामका लागि काम थाल्ने ब्यवस्था मिलाइएको मेयर बस्नेतले जानकारी दिएका छन् । रोकथामको काममा सुरक्षाकर्मीहरु खटिने जनाइएको छ ।
