Sunday, June 28News That Matters

बर्दियामा सेनिटाईर जस्तै तरल पदार्थ खाँदा २ वृद्धा सहित दुईको मृत्यु, दुई गम्भिर बिरामी

पूर्णपुष्टि, असार ९ । बर्दियामा सेनिटाईर जस्तै तरल पदार्थ खाँदा वृद्धा सहित दुईको मृत्यु भएको छ भने दुई जना गम्भिर बिरामी भएका छन् । मृत्यु हुनेमा मधुवन नगरपालिका–८ टिसियन फाँटाका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेका छन् ।

गम्भिर बिरामी हुनेमा एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए । गम्भिर बिरामी उनीहरुलाई शुक्रबार राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको र घटना सम्बन्भमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।