Monday, April 20News That Matters

बर्षातले पछौटे धानलाई फाईदा

पूर्णपुष्टि÷गाईघाट, कार्तिक १३ । गएराति बर्षाभएसँगै उदयपुरका किसानहरुलाई केही राहत मिलेको छ । यो वर्ष उदयपुरमा खडेरीका कारण धेरैजसो ढिलो रोपाई भएको धान खेतीलाई बुधबार राती भएको बर्षातले केही राहत दिलाएको हो ।

त्रियुगा नगरपालिका–१३ असारीका कृषक मान बहादुर चौधरीले वर्षातले ढिलो रोपिएका धानवालीलाई फाईदा पुर्याएको र पाकेर काट्ने बेलाकालाई असर पुर्याएको बताएका छन् । ढिलो रोपाई भएको धान अहिले फल लाग्ने क्रममा छ । हरियो अबस्थामा रहेको धानखेतीको फल छिप्पदै छ । यसवर्ष रोपाई ढिलो र समय समयमा हुनु पर्ने वर्षात नभईदिदा उत्पादनमा ह्रास आउनसक्ने अनुमान कृषकहरुको छ ।