
पूर्णपुष्टि, असार २५
बलात्कार, अपहरण र चोरीमा संलग्न भएका दुई युवालाई दाङ प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका–७ कमानपुरका १८ वर्षका किरण बुढा र वडा नं ६ देउपुर बस्ने २१ वर्षका अरविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
असार ६ गते रोल्पाको हेलेरीस्थित चुनढुंगा खानीबाट टिपरमा दाङको लमहीतर्फ आउँदै गर्दा कमानपुरस्थित करी सामुदायिक वनको जंगलमा टिपर चालक र सहचालकको अपहरण भएको थियो । उनीहरुलाई सालको रुपमा बाँधेर चालकको श्रीमती र सालीको गहना, मोवाइल, सुनका गहना लुटपाट गरी बलात्कार भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कमानपुरका २१ वर्षका प्रेमबहादुर दमाइ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीले फरार अभियुक्तको फोटोसहितको विवरण सार्वजनिक गरेको छ । फरार अभियुक्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएकोे छ ।
