
पूर्णपुष्टि, असार २५
रौतटहको गौर नगरपालिका–५ को वडा कार्यालय नजिकै एक व्यक्तिको शव भटिएको छ । वडा कार्यालयको अगाडीको नालामा स्थानीय ५५ वर्षीय मुसलिया धुनियाको शव फेला परेको हो ।
नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ढलको पानीमा घोप्टो परेको अवस्थामा धनियाको शव भटिएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
