
पूर्णपुष्टि, माघ २८
झापाको कमल गाउँपालिका–४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन ।
हिजो बेलुका सवा ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालकलाई उपचारको लागी दमक लाईफ लाईन अस्पताल पठाएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
