Wednesday, June 17News That Matters

बसको ठक्करबाट एक मोटरसाईकल यात्रीको ज्यान गयो, एक जना घाईते

पूर्णपुष्टि, साउन २०

सुनसरी धरान उपमहानगरपालिका–८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको ज्यान गएको छ । ईटहरी उपमहानगरपालिका–१७ पकली बस्ने ४० वर्षीया मिरा देवी साहको ज्यान गएको हो ।

आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई विपरित दिशाबाट जादै गरेको प्रदेश–१ –०२–०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाईकल चालक २५ वर्षीय बिमल साह र पछारी सवार उनकै आम मिरा गम्भीर घाइते भएको थिए । घाइते भएका दुवैलाई उपचारको लागि घोपा धरानमा उपचारको क्रममा दिउसो ११ बजे मिराको ज्यान गएको अस्पतालले जनाएको छ । घाइते बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटनामा संलग्न तीनवटै सावारी साधन र बस चालक धरान–१५ का ४२ वर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।