Friday, April 17News That Matters

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाण्डौँ, चैत १७
हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् ।

बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धन भइृरहेको प्रहरीले जनाएको छ । (रासस)