
पूर्णपुष्टि, पुष ९
धनकुटामा बसको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो ।
आज बिहान ८ बजे धनकुटा–७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री राईलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने बस र बस चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
