
पूर्णपुष्टि, पुष ९
आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको हो ।
