गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

 पूर्णपुष्टि,असोज २१

धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् ।

हिजो दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाऊपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0