
पूर्णपुष्टि,पुष २६
आइतवार बिहान झापाको केरखाबाट विराटनगर आउने बसभित्र एक २६ वर्षीय युवक मृत भेटिएको छ । जनसेवा यातायात प्रा।लि।को मे १ ख ३३३३ नम्बरको बसमा चढेका बस चढेका युवक बसभित्रै मृत भेटिएको हो ।
विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि पनि ती युवक नओर्लिए पछि बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले उपचारका लागि विराटनगर आउँदै गर्दा युवकको मृत्यु भएको बताउनुभएको छ ।
युवकको साथमा रहेको मोबाइलबाट मृतकका आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
