Tuesday, June 2News That Matters

बसले ठक्कर दिँदा एक जनाको ज्यान गयो

पूर्णपुष्टि, माघ १०
सुनसरीको ईटहरी उपमहानगरपाललिका–१० मा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । तेह्रथुम साब्लाका ४५ वर्षीय बम बहादुर लिम्बुको बसले ठक्कर दिँदा ज्यान गएको हो ।
हिजो साँझ ६ बजे ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा ज्यान गएको थियो ।
दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।