
पूर्णपुष्टि, ११ साउन । उदयपुरको त्रियुगा नगरपालिका १ मैना स्थित राई टोल बाढीको उच्च जोखिममा छ । खोरिया खोलाले वस्ती तर्फ कटान हाने पछि स्थानीयहरु त्रसित छन् । यो बर्षामा पानी कम परेको भएपनि केहिदिन अघिको बर्षाले भने बस्ती तर्फ कटान सुरु गरेको छ ।
बस्ती कटान सँगै सम्बन्धीत ठाउँहरुमा हार गुहार गरेपनि बजेट अभाव देखाउँदै समस्या समधान हुन सकेन । उक्त कटान नजिकै अन्दाजी डेड सय मिटर पर मात्रै सामुदायीक विद्यालय र ठुला वस्ती छ । त्यस वस्तीलाई जोगाउन स्थानीयहरुले जनप्रतिनिधि, राजनितिक दल, त्रियुगा नगरपालिका सँगै १ नं वडा कार्यालयलाई पनि जानकारी गराई वस्ती बचाउन आह्वान गरेका थिए । तर वडाले बजेट नभएका कारण वस्ती जोगाउनका लागि बाँध निर्माण गर्न नसकिने बताए । सम्बन्धित सरकारको यस्ता खाले कुरा पछि स्थानीयहरु आफै श्रममा खटिए । त्यस श्रम अभियानका लागि गोधुली युवा समूहले नेतृत्व गरेको छ । केहि हप्ता अघिदेखीनै गाउँलाई श्रम मार्फत समृद्ध बनाउने उदेश्यले उक्त समूहले श्रमदान अभियानको नेतृत्व गर्दै आएका थिए । सोही बेला गाउँमा विपद् आयो” विपद्लाई केहि हद सम्म रोक्न भएपनि गाउँलेहरु मिलेर चन्दा उठाए । चन्दा उठाएको पैसाले स्काभेटर प्रयोग गरे भने बाँकी काम र सामानहरुको व्यवस्थापन स्थानीयहरुको श्रममार्फत गर्यो ।

यता माओवादी निकट युवा संघ वाईसिएल नेपालले पनि श्रम तथा उत्पादन अभियान दुई मिहिनाको लागि संञ्चालन गरिरहेको छ । युवाहरुलाई श्रम र उत्पादनमा जोड्ने भन्दै वाईसिलले देशैभर श्रम अभियान संञ्चालन गरिरहेको छ । सोही अवसरमा त्रियुगा १ जोगिदहको मैना राई टोलमा बिपद्बारे जानकारी वाईस्उिल उदयपुरले पाए । जानकारी पश्चात शनिवार वाईसिएल उदयपुरको टोली स्थानीयको श्रमदानमा होमिन पुगे । वाईसिएल उदयपुरका सचिव इश्वरमान राईले युवाहरुको पाखुरा खाली रहे देश नबन्ने भन्दै श्रम अनिवार्य रहेको जनाए । जाहाँ विपद् त्यहाँ वाईसिल भन्दै जनताहरुको समस्यामा सामधानै वाईसिएल नेपाल रहेको उनले जनाए । सोही सोच र विचार अनुरुप वाईसिएल उदयपुर वाँध निर्माण श्रममा जुटेको जनाए । वाईसिएलको श्रम उपस्थितिले स्थानीयहरुले खुसि ब्यक्त गरेको छ । राजनितिमा लागेका युवाहरु गफमा हैन श्रममा लागे स्थानीयहरुको समस्या समधान हुने उनिहरुले बताए । सोही अवस्था अनुसारनै वाईसिएल नेपालले आफ्नो श्रम अभियानमा साथ दिएको भन्दै धन्यवाद ब्यक्त गरे । श्रम अभियानलाई वाईसिएल उदयपुर र माओवादी केन्द्र त्रियुगा नगर समिति सहितको टोलीले साथ दिएका थिए । श्रम अभियानमा प्रदेश सदस्य बिमल किराती, माओवादी सांसद सम्झना पाख्रिन, त्रियुगा नगर अध्यक्ष मान वहादुर राई लगायतका टोलीहरु गएका थिए । उक्त स्थानलाई तत्कालका लागि श्रम अभियानले सामाधान गर्ने भएपनि दिर्घकालिन उपायका लागि सरकारलेनै बजेट व्यवस्थापन गर्नु पर्ने देखिन्छ । वाईसिएलको टोलीले करिब २५ सय बोरा समेत उपलब्ध गराएर बाँध निर्माणमा सहयोग पुराएको छ ।

