Monday, April 20News That Matters

बस दुर्घटना अपडेट : बिराटनगर रेफर मध्ये दुईको आईसियुमा र अन्यको उपचारमा सुधारोन्मु, २७ डिस्चार्ज

पूर्णपुष्टि, १० मंसिर ।
शनिबार भएको स्कुल बस दुर्घटनाका बिराटनगर रेफर गरिएका १३ मध्ये दुई जनाको आईसियुमा राखेर उपचार भैरहेको छ । अन्यको भने उपचारमा सुधार हुँदै आएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी हरिनन्द चौधरीले जनाए । बसमा सवार ४३ मध्ये तिनको मृत्यु र अन्य सबै घाईते भएका थिए । गम्भीर प्रकृतिका घाईतेलाई हिजै बिराटनगर रेफर गरिएको थियो । प्रहरीका अनुसार सामान्य घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार पछि घर फर्काईएको छ ।