
पूर्णपुष्टि, चैत ३ ।
बहुविवाह मुद्दामा कैद फैसला सुनाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा तामाकोशी गाउँपालिका–१ बस्ने ३३ वर्षीय नरहरी विक पक्राउ परेको हो ।
विकलाई जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ । यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ जरिवाना सुनाएको थियो ।
