Monday, April 20News That Matters

बाख्राको घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

पूर्णपुष्टि, असोज ३०
सुनसरीमा बाख्राको घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको अकाल्मै ज्यान गएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–७ संगम चौकका ४७ वर्षीय अर्जुन खड्काको रुखबाट लडेर ज्यान गएको हो ।

बराहक्षेत्र नगरपालिका–८ स्थितमा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि घाइते भएका खड्काको घोपा धरानमा उपचारको क्रममो ज्यान गएको अस्पतालले जनाएको छ ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान प्रहरीले जनाएको छ ।