
पूर्णपुष्टि, असोज ३०
ससुरालीबाट दशैंको टिका थापेर घर फर्कने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कने क्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको ज्यान गएको हो ।
राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताउनुभयो ।
मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले जानकारी दिनुभयो ।

