Monday, April 20News That Matters

उदयपुरमा राईद्धारा तीन जनामाथि खुकुरी प्रहार

पूर्णपुष्टि, असोज ३०
उदयपुरमा एक युवकले तीन जनामाथि खुकुरी प्रहार गरेको छ । चौदण्डीगढी नगरपालिका–१० खैराह झोडाका मनी कुमार राईले परिवारका तीन सदस्यमाथि खुकुरी प्रहार गरेको छ । घरेलु मदिरा सेवन गरी राईले आफ्नै आमा, दिदि र भेनालाई खुकुरी प्रहार गरी घाईते बनाएको हो ।

घटनामा आफ्नै आमासहित दिदी गीता पाण्डे (राई), भेना राजकुमार पाण्डे घाइते भएका छन् । मध्यरात पारिवारिक कलह बढेपछि राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिती असामान्य बनेपछि परिवारकै सदस्यले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
खबर पाएलगतै पुगेको प्रहरी टोलीले घटनास्थलबाटै घाइतेहरुको उद्धार गरेको थियो । घाइते हुने आमालाई हातमा चोट लागेको छ । त्यस्तै भेना पाण्डेलाई पाखुरामा चोटा लागेको छ भने दिदी गीताको मुख र हातलगायतको ठाउँमा निलडाम देखिएको छ ।

घटनास्थलमा पुग्दा प्रहरी देखेपछि राई जङ्गलतिर भागेको बेल्टार प्रहरीले जनाएको छ । अहिलेसम्म जाहेरी नआएको र सम्बन्धित व्यक्तिबाट जाहेरी आएपछि दर्ता हुनेबित्तिकै संलग्नलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।