
पूर्णपुष्टि, चैत २९ गते ।
बाघले आक्रमण गर्दा बारामा एक जनाको ज्यान गएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको ज्यान गएको हो ।
सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए ।
बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो–हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाका थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
