
पूर्णपुष्टि,वैशाख १५ । बाजुराको दहकोट केन्द्र विन्दु भएर ५.९ म्याग्निच्यूठको भूकम्प जाँदा हिमाली गाउँपालिका–२, विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गए रातको १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए।
अधिकृत भण्डारीका अनुसार वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको बताएको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ । सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएको गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ। क्षतिको विवरण सङ्कलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए।
