Monday, April 20News That Matters

नवनिर्वाचित सांसद रवी र स्वर्णीमले लिए सपथ

पूर्णपुष्टि,बैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद रवी लामिछाने र स्वर्णीम बाग्लेले आज सपथ लिएका छन् । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका लागी बैशाख १० मा भएको उपनिर्वाचनबाट निर्वाचित लामिछाने र वाग्लेले सिंहदरबारमा आयोजित कार्यक्रममा सपथ लिएका हुन् ।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ । रास्वपाका सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने उनको नागरिकता सम्बन्धि मुद्धामा मंसिर ४ को चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नेपाली नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले लामिछानेको सांसद सहित गृहमन्त्रीको पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।