
पूर्णपुष्टि, भदौ ३
मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलको बाटो छेउमा रहेको पानी जमेको खाल्डोमा एक वृद्धको शव भेटिएको छ । रंगेली–१ का ६२ वर्षीय वृद्धको शव पानी जमेको खाल्डोमा मंगलबार फेला परेको हो ।
पानी जमेको खाल्डोमा वृद्धको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो । खाल्डो गहिरो नभएकाले घटना शंकास्पद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
