Saturday, June 20News That Matters

यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ७ पक्राउ

पूर्णपुष्टि, भदौ ३

यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललिपुरले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ७ जनालाई मंगलबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।