Tuesday, June 2News That Matters

बाटोको रेलिङ भाचिएर १ जनाको मृत्यु

सोलुखुम्बु, पुस २६ गते ।

सोलुखुम्बुको खुम्बुपासाङल्हमुमा बाटोमा राखेको काठको रेलिङ भाँचिएर एक जनाको मृत्यु भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका–४ सनासा र फोत्र्सेको बाटोमा लगाएका रेलिङ भाचिएर तल झर्दा पाल्देन शेर्पाको मृत्यु भएको हो ।

नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा लागाएको काठको रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर बाटोबाट करिब एक सय मिटर तल शुक्रबार दिउँसो पौने ३ बजे सखेर स्थानीय फोत्र्से ठागा निबासी ४० वर्षीय शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेलिङबाट खसेर घाईते भएका शेर्पालाई उपचारको लागी खुन्दे अस्पताल खुम्जुङ पु¥याउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।