Monday, April 20News That Matters

स्थानीय तहको सिकाई अभ्यास कार्यशाला सुरु

उदयपुर, पुस २६ गते ।

उदयपुरमा स्थानीय कानुन तर्जूमा तथा सभा संचालन सिकाई अभ्यास कार्यशाला सुरु भएको छ । रौतामाई, ताप्लि, लिम्चुङ्बुङ र उदयपुरगढी गाउँपालिकाको आयोजनामा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश कार्य समिति १ न. प्रदेशको संयोजनमा दुई दिने शनिबारदेखि कार्यशाला सुरु भएको हो ।

स्थानीय सरकार संचालन गर्नका लागि आवश्यक कानुन निर्माण गर्न, सभा संचालन लगायतका सिकाई र अभ्यासको लागि कार्यशाला गरेको पालिकाहरुले जनाएको छ ।

प्रमुख अतिथि १ नं प्रदेश सभा सदस्य नारायणबहादुर बुर्जा मगर, विशेष अतिथि गाउँपालिका राष्ट्रिय महासंघ १ नं प्रदेश कार्यसमितिका अध्यक्ष र अन्य अतिथिहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।