Monday, April 20News That Matters

बाटो खन्ने क्रममा ढुङगाले लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, असार २७ गते ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आगेपामा स्काईभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढूङगाले लागेर १ जना पैदल यात्रीको मृत्यु भएको छ । आईतवार दिउँसो पैदल हिडिरहेका सिदिङवा गाउँपालिका–३ भञ्याङका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको हो ।
उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङगा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङगाले लागेर कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।