
जयराम पूर्वछाने मगर
बेलाका, भदौ २६
अविरल वर्षापछि आएको खोला बाढीले पसाउन लागेको धान बाली नष्ट गरको छ । बेलका नगरपालिका–४ को सिसुवाखोलामा आएको बाढिले खेत कट्ठान गरी फुल्न लागेको धान बालीमा ठूलो क्षती गरेको हो ।
करिब १४ मिटर परबाट बगि रहेको खोलाको भंगालो अहिले खेत विचबाटो बगिरहेको स्थानीय कृषक बालप्रशाद अधिकारीले बताए ।
खोलाले रामबहादुर कार्किको अढाइ बिगाहा, नवराज लुइटे आधा बिगाहा, खडानन्द अधिकारी ५ कठ्ठा, लक्ष्मण अधिकारी १ बिगाहा नम्बरी जग्गामा लगाएको धान बालीसँगै खेत कटान गरी क्षति पुर्याएको उनले बताए ।
बाढीले खेत कट्ठान गर्ने, धान पुर्ने बगाउँने लगायतको क्षति गरेको छ । खोला बाढी रोकथाम तथा नियन्त्रणका लागि समयमै सरोकारवालाको ध्यान जान सके मात्र थप क्षति हुनबाट बच्ने स्थानीयबासीको भनाई छ । उनीहरुले खोलामा तारजालीको व्यावस्था गर्नु पर्ने बताएका छन् ।
बेलका नगरपालिकामा वर्षेनी गिधेरि, सिसुवा लगायतका खोलाले स्थानीयलाई दुःख दिदै आएको छ । खाँउला भनेर कृषकहरुले खाई नखाई खेतमा रोपेको धान वर्षेनी खोला बाढीले बगाउँने, पुर्ने गरेको छ ।

