
पुणपुष्टि,भाद्र २६
कोरोना बाट आज थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश अस्पतालमा उपचार्थ ५५ बर्षिय पुरुषको मृत्यु भएको हो । ति पुरुष पश्चिम नवपरासी सुस्ता गाउँपालिका ५ का रहेको जिल्ला अस्पताल वुटवलले जनाएको छ ।

अस्पतालका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेह रोगी रहेको जनाएको छ । संक्रमित पुरुषको उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको थियो ।
ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि १९ गते नै उनलाई अस्पताल ल्याई पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । उनको कोरोना रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ । । योसँगै उक्त अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।

