
शुसिला लामिछाने मगर
ताप्लि, भदौ १६ गते ।
उदयपुरको ताप्लि गाउँपालीकाका बाढी पहिरो पिडित परिवारलाई सहास नेपालले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपालको आयोजना, ब्रेड फर द वल्र्ड जर्मनीको सहयोगमा राहत वितरण गरेको हो ।
पालिकाका बाढी पहिरो प्रभावित ७४ घरलाई ९ लाख ४४ हजार १३ रुपैया ४७ पैसा बराबरको राहत सामाग्री वितरण गरको साहस नेपाल उदयपुरका ईन्चार्ज देबेन्द्र लामाले बताए । उक्त राहत प्रभावित प्रति घरलाई १२ हजार ९० रुपैया ५५ पैसा बराबरको सामागी्र प्रदान गरेको उनले बताए ।
प्रभावित घरलाई दाल, चामल, व्याङ्केट, त्रिपाल, चिउरा, नुन, तेल, झुल, पियुस, पलास्टीका सामाग्री लगायतका २७ प्रकारको सामागी्र प्रदान गरीएको लामाले बताए ।
यस पालिको राहत वितरण पालिकामा तेस्रो पटक वितरण गरिएको पालिकाले जनाएको छ । चरणबद्ध रुपले अत्ति प्रभावित र प्रभावितलाई राहत वितरण गरेको पालिकाले जनाएको छ ।
