
ओखलढुङगा, भदौ १६ गते ।
ओखलढुङगामा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । सिद्धिचरण नगरपालिका–४ निबासी ३७ बर्षीय सानोकाजी ठटाललाई खोलाले बगाएर बेपत्ता भएको हो ।
चिसंखुगढ हिडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा आईतवार दिउँसो साँढे ५ बजे खोलाले बगाई बेपत्ता बनाएको प्रहरील्े जनाएको छ ।
ठटालसँगै बगाएको गाई करिब एक सय मिटर तल शकुशल फेला परेपनि उनलाई अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ । खोलाले बगाई बेपत्ता बनाएको ठटालको बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी कर्या भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।
